बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
kendrabindu.com · Sun Jul 12 02:36:04 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचवटा राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ र पोखरा ताङतिङका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् ।
बाढीका कारण अवरुद्ध भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएको छ । वर्षाका कारण इलाम नगरपालिका–९, राजदुपालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)