त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित रहन देउवाको आग्रह
baahrakhari.com · Wed Aug 26 07:30:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवामा आएको बाढीको असर नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी किनारका क्षेत्रमा पुग्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन् ।
देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवादेखि नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी किनारका क्षेत्रमा बाढीको असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । साथै उनले राज्यका सम्पूर्ण सुरक्षा निकायलाई द्रुत उद्धारमा परिचालन गर्न सरकारसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)