बाढीले बगायो केउरेनी–फोस्रेदार जोड्ने पुल
ratopati.com · Wed Aug 26 07:33:40 GMT 2026

काठमाडौँ । चीन हुँदै रसुवाबाट त्रिशुली नदीमा पसेको विनाशकारी बाढीले नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित केउरीनी र धादिङको धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ स्थित फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ । बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्याएको छ ।
पुल १९२ मिटर लामो थियो । २०७१ सालमा ठेक्का सम्झौता भएको पुल २०७८ सालमा निर्माण सम्पन्न भएको थियो । त्यतिेला कूल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण सम्पन्न गरेको थियो । पुल बगाएसँगै सो क्षेत्रका बासिन्दा निराश भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)