मनसुनका कारण जोमसोमको हवाई सम्पर्क ठप्प, सडकमार्ग बनेको मुख्य विकल्प
aarthiknews.com

काठमाडौं । मौसम खुलेसँगै देखिने निलो आकास मुनि मुस्ताङको जोमसोमबाट सेताम्मे निलगिरी हिमालको मनमोहक दृश्य देखिन्छ । आकाशमा कतै—कतै देखिएका सेता बादल विस्तारै हट्दै जाँदा चम्किलो घामसँगै निलगिरी हिमाल झन् आकर्षक बन्ने गरेको छ ।
जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ । विमानस्थलबाटै स्पष्ट देखिने निलगीरी हिमालले मुस्ताङ भ्रमणमा आउने गरेको पर्यटकलाई अझ आकर्षित गर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)