नेकपाले बोलायो केन्द्रीय कार्य संयोजन समितिको आकस्मित बैठक
onlinekhabar.com · Wed Aug 26 07:35:38 GMT 2026

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट भएको क्षतिबारे छलफल गर्न नेकपाले पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठक बोलाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा उपलब्ध नेताहरूलाई बैठकमा उपस्थित हुन भनेका छन्।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने दाहालको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)