भोटेकोशी बाढीको जोखिम सुस्तासम्म
ratopati.com · Wed Aug 26 07:48:51 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ ।
केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिए । सोहीअनुसार पूर्वतयारी थालिएको उनले बताए । “बाढीको जोखिम अहिलेसम्म घटेको छैन । सुस्तासम्म नै जोखिम हृुनसक्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)