उद्धार र राहतमा लाग्न सरकार र राजनीतिक दललाई राष्ट्रपतिको आग्रह
annapurnapost.com · Wed Aug 26 07:43:53 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकारलाई आग्रह गरेका छन्। रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनको भनाई छ।
राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)