भोटेकोशी बाढी : हालसम्म १२ जनाको उद्धार
nepalnews.com · Wed Aug 26 07:50:57 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेंसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो। उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)