नुवाकोटको देवीघाटमा रुखमा चढेर बसेका २ जनाको उद्धार
ratopati.com · Wed Aug 26 07:58:16 GMT 2026

काठमाडौँ । रसुवाबाट आएको बाढी त्रिशूली मिसिएपछि नुवाकोटको विदुरमा बाढीबाट बच्न रुखमा चढेको दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका–५ स्थित देवीघाटमा रुखमा चढेका दुई जनाको उद्धार गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए ।
स्थानीयको सहयोगमा उनीहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो । देवीघाटमा हेलिकप्टर पनि परिचालन गरिएको थियो । रुखमा चढेर ज्यान जोगाएका एक जना महिला र एक जना पुरुषको उद्धार गरिएको एसपी रेग्मीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)