मुख्यमन्त्री कार्यालयमा आपतकालीन बैठक, सावधानी अपनाउन अनुरोध
nepalnews.com · Wed Aug 26 07:57:08 GMT 2026

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपतकालीन बैठक सुरु भएको छ। रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपतकालीन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिए।
आपतकालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, विपद् क्षेत्रका प्रदेशसभा सदस्यहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)