माछा अनुसन्धान केन्द्र त्रिशूलीका कर्मचारी उद्धारको पर्खाइमा
ratopati.com · Wed Aug 26 08:02:14 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीले त्रिशूलीमा रहेको माछा अनुसन्धान केन्द्र बगाएको छ । त्यहाँ कार्यरत कर्मचारीहरू भागेर जोगिरटार स्कुल परिसरमा बसेका छन् । रातोपाटीको सम्पर्कमा आएकी केन्द्रका कर्मचारी अनिता गौतमले भनिन्, ‘हामी आठ जना उद्धारको पर्खाइमा छौँ । यहाँ पनि हामी त्रासमा बसेका छाैँ यहाँ पनि के हुन्छ थाह छैन ।’
केन्द्रका सम्पूर्ण भाग बगाएर लगेको छ, माछा तथा अन्य भौतिक सम्पत्ति गरी कराेडौँको सम्पत्ति बगाएर लगेको त्यहाँबाट एउटा फाइल समेत लिन नसकेको उनले बताइन् । उनले भने– ‘हामी बलबल त्यहाँबाट भाग्न सफल भयौँ अगाडि अगाडि हामी थियौँ । पछि पछि पानीले लखेटिँदै आइरहेको थियो एक छिन लाग्यो कि हामी बाँच्दैनौ बाटो परिवर्तन गरेर भागेपछि बल्ल जोगिएका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)