राष्ट्रिय शोक घोषणा गरी सम्पूर्ण सामर्थ्यका साथ उद्धार र राहतमा लागौँ- महामन्त्री पौडेल
setopati.com · Wed Aug 26 07:59:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्र हुँदै आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्रीले प्राकृतिक विपत्तिको यस अकल्पनीय घटनाले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गरेका छन्। उनले राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गरेर विपद् व्यवस्थापन, उद्धार र राहतमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)