डब्ल्युएचओले बाढीपीडितलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने
setopati.com · Wed Aug 26 08:04:00 GMT 2026

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)