दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
baahrakhari.com · Wed Jun 10 10:10:58 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको सामूहिक गोलीकाण्डमा तीन महिलासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य नौजना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, मंगलबार राति अबेर जोहानेसबर्गको क्लिभल्यान्ड क्षेत्रमा रहेको एक सुकुम्वासी बस्तीमा गोलीबारी भएको हो । घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)