हिजै अलर्ट जारी हुँदा पनि सरकारले बाढी नियन्त्रणमा बेवास्ता गरेको हो ?
techpana.com · Wed Aug 26 08:18:15 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले हिजो (मंगलबार) नै अलर्ट जारी गरे पनि सरकारले पहिले नै विपत् नियन्त्रणका लागि पहल नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । तर यो आलोचना भ्रामक र घटनाको प्रकृति नबुझी गरिएको पाइएको छ ।
हिजो राति करिब ९:२० बजे विभागले फेसबुकमा नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलाको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जानकारी दिँदै स्थानीय नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो । यो सामान्य मनसुनी वर्षाका कारण सानो खोलामा पानी बढेको अवस्थामा जारी गरिएको नियमित सतर्कता सूचना हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)