सरकारको १०० दिनप्रति राजेन्द्र महतोको टिप्पणी, ‘नयाँपन होइन, पुरानै निरङ्कुशताको गन्ध आयो’
nepalviews.com · Sun Jul 12 03:47:38 GMT 2026

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सरकारको कार्यदिशामा नयाँपनभन्दा 'पुरानै निरङ्कुशताको गन्ध' आएको टिप्पणी गर्दै उनले जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सच्चिनुपर्ने चेतावनी दिएका छन्।
आइतबार एक सार्वजनिक वक्तव्य जारी गर्दै अध्यक्ष महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलता लत्याएर अधिनायकवादी कार्यशैली अपनाएको आरोप लगाएका हुन्। हालैको जनादेश केवल सरकार परिवर्तनका लागि मात्र नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि र परिवर्तनको चाहनाको अभिव्यक्ति भएको उनले स्मरण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)