उद्धार र राहतमा तुरुन्त जुट्न लिङदेनको आग्रह
ratopati.com · Wed Aug 26 08:37:55 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित र भीषण बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् । बाढीबाट टिमुरे, स्याफ्रुबेसी लगायत आसपासका क्षेत्रमा भएको भीषण क्षतिको प्रारम्भिक खबरले मर्माहत भएको पनि अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘क्षतिको पूर्ण विवरण प्राप्त नभइसकेको यस्तो संवेदनशील घडीमा सरकारका सम्पूर्ण संयन्त्रहरूलाई उच्चतम सतर्कता र तत्परताका साथ परिचालन गरी मानिसको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार र तत्काल राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्दछु’, राप्रपाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)