पार्टी विवादमा न्यायपालिकाको निर्णय स्वीकार्छौ : नेता सिंह
annapurnapost.com · Wed Aug 26 08:34:04 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका बिषयमा न्यायपालिकाको निर्णय स्वीकार्ने स्पष्ट पारेका छन्। मंगलादेवी सिंहको स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको विधान र कानुनविपरीत विशेष महाधिवेशन भएको बताए।
पार्टीको विधान र कानुनविपरीत ४० प्रतिशत हस्ताक्षरमा टेकेर जबरजस्ती विशेष महाधिवेशन गरिएको र यसले पार्टीलाई अनावश्यक विवादमा फसाएर कमजोर बनाएको उनको भनाई छ। नेता सिंहले संस्थापन पक्षले भाषणमा पार्टी मिलाउँछु भन्ने तर वार्ताको नाममा महिनौं बेपत्ता हुने गरेको आरोप लगाए। विगतमा निर्वाचन आयोग र अदालतको प्रारम्भिक प्रक्रियालाई आफूअनुकूल व्याख्या गर्नेहरूले अहिले मुद्दा अघि बढेपछि ‘कार्यकर्ता र जनतामाझ जानुपर्छ’ भन्न थालेको उनले टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)