पूरा भयो फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण
annapurnapost.com · Sun Jul 12 04:14:22 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो।
पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्स र स्पेनले खेल्नेछन्। यो सेमिफाइनल खेल बुधबार हुनेछ। यो खेल नेपाली समयअनुसार बुधबार १२:४५ मा सुरु हुनेछ। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो। त्यस्तै स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)