युद्धग्रस्त अफगानिस्तानमा सिमेन्ट कारखाना निर्माण सुरु, ५ हजारलाई रोजगारीको अवसर !
arthasarokar.com · Sun Jul 12 04:18:07 GMT 2026
काठमाडौँ । युद्धग्रस्त अफगानिस्तानमा जारी पुनर्निर्माणका प्रयासहरूले स्थानीय नागरिकका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न थालेका छन् । लामो समयदेखिको द्वन्द्व, आर्थिक प्रतिबन्ध, बेरोजगारी र गरिबीको चपेटामा परेको अफगानिस्तानले पछिल्लो समय आर्थिक चुनौतीहरूको सामना गर्न ठूला परियोजनाहरूलाई अगाडि बढाएको छ । यसै क्रममा परवान प्रान्तको जवल सिराज जिल्लामा नयाँ सिमेन्ट उत्पादन कारखानाको निर्माण कार्य शुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)