हिमताल विस्फोटबाट भएको क्षतिप्रति सरकार गम्भीर बन्नुपर्छ, ओठे भक्तिले मात्रै हुँदैन -सांसद केसी
kendrabindu.com · Wed Aug 26 09:10:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताए । क्षतिको यकिन विवरण संकलन भइनसकेको उल्लेख गर्दै उनले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेंसीलगायतका बस्ती प्रभावित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)