बाढीले धादिङका तीन पुल बगायो,सदरमुकामसँगको आवागमन प्रभावित
annapurnapost.com · Wed Aug 26 09:09:38 GMT 2026

धादिङ : रसुवातर्फबाट त्रिशूली नदीमा आएको बाढीले धादिङका तीनवटा मोटरेबल पुल बगाएपछि ग्रामीण क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ। बाढीले गजुरी गाउँपालिका-२ र सिद्धलेक गाउँपालिका-६ जोड्ने फुर्केखोला पुल, गजुरी-५ र सिद्धलेक-७ जोड्ने घाटबेसी पुल तथा गजुरी-६ र सिद्धलेक-७ जोड्ने जरेखेत पुल बगाएको हो।
पुलहरू बगाएपछि फुर्केखोला,घाटबेसी र आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम धादिङबेँसी आवतजावतमा समस्या भएको छ। बुधबार बिहान आएको बाढीपछि ती क्षेत्रमा सडक सम्पर्कसमेत प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)