अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
ratopati.com · Sun May 17 14:47:19 GMT 2026

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि ठूलो अण्डा रु ४८५ र मध्यम अण्डा रु ४३५ कायम गरिएको उनले बताए । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए । उनले भने, 'किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)