सशस्त्र प्रहरीको उद्धार तथा राहत परिचालन
gorkhapatraonline.com · Wed Aug 26 09:18:17 GMT 2026

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सशस्त्र प्रहरी बल, नेपालले चिकित्सक तथा स्वास्थ्यकर्मीसहित आवश्यक स्रोतसाधन परिचालन गरेको छ ।
बाढीमा परी गम्भीर घाइते भएकाको तत्काल प्राथमिक उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । आपत्कालीन सडक उद्धारका लागि ‘मास क्याजुअल्टी भेइकल्स’ सहितको चिकित्सक तथा उद्धार (मेडिभेक) टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)