रसुवा बाढीमा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन, आपतकालीन राहत तथा उद्धार सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्याईदै
kalakarmi.com · Wed Aug 26 09:18:22 GMT 2026

रसुवा- रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको Disaster Relief System -DRS_ कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पुर्याउने कार्य समेत भईरहेको छ । साथै अन्य क्षेत्रमा रहेका -DRS_ कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)