चिनियाँ राष्ट्रपति सीको निर्देशन - नेपालसँगको सीमावर्ती क्षेत्रमा उद्धार र राहत वितरण तीव्र पार्नू
nepalviews.com · Wed Aug 26 09:16:38 GMT 2026

काठमाडौं । नेपालमा आएको बाढीपहिरोका कारण चीनसँगको सीमावर्ती क्षेत्रमा मानवीय क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहतका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान नेपालको सीमावर्ती क्षेत्रमा आएको पहिरोका कारण दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ (ग्यिरोङ) सीमा बन्दरगाहमा समेत क्षति तथा मानवीय हताहती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)