रसुवा विपद् उद्धारमा सबै एकजुट हौं : हर्कराज राई
nepalnews.com · Wed Aug 26 09:29:16 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपदबाट गहिरो पाठ सिक्दै राष्ट्रिय संकटको रूपमा लिनुपर्ने धारणा राखे।
उनले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने सुनाए। उनले भने, “विपदबाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनु पर्छ । विपदका बेलामा चाहिले हेलिकप्टर, सामग्री, विपद् व्यवस्थापनसँग जुध्न सक्ने उपकरण र जनशक्ति तयार पार्नुपर्छ।” त्यस्तै, विपदको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन पनि सरकार समक्ष आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)