तिब्बतमा हिमताल फुटेर भीषण बाढी आएको अनुमान, बाढी गत बर्षको भन्दा ५ गुणा ठूलो हुनसक्ने
corporatenepal.com · Wed Aug 26 09:22:55 GMT 2026

काठमाडौं । तिब्बतमा हिमताल फुटेर आज नेपालको रसुवामा भीषण बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढी आउनुअघि तिब्बतमा सानो भूकम्पसमेत गएको रेकर्डले देखाउँछ । गत बर्ष पनि यस्तै गरी बाढी आउँदो ठूलो जनधनको क्षति भएको थियो । तर अहिले त्यो भन्दा करिव पाँच गुणा ठूलो बाढी आएको बताइन्छ ।
अकस्मात आएको यस बाढीले अकल्पनीय क्षति पुर्याएको छ । बाढीले रसुवागढी भन्सार, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशुली, टिमुरे लगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ भने तल्लो तटीय क्षेत्रमा रहेका सडक, पुल, जलविद्युत आयोजनासहितका भौतिक संरचनामा पनि ठूलो क्षति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)