भोटेकोशी बाढीबाट ठूलो क्षति, उद्धार तथा राहतमा जुट्न उद्योग वाणिज्य महासंघको अपिल
aarthiknews.com

काठमाडौं । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय हुन उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई अपिल गरेको छ।
महासंघले बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भएकाले त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेको जनाएको छ। पृथ्वी राजमार्गसहित उक्त करिडोरका सडकमा आवागमन रोक्न सरकारले आग्रह गरिसकेकाले तटीय तथा प्रभावित क्षेत्रका उद्योगी–व्यवसायी, सर्वसाधारण र यात्रुलाई उच्च सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)