भोटेकोशी बाढी : १३ सशस्त्र प्रहरी सम्पर्कविहीन
nepalnews.com · Wed Aug 26 09:33:25 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिइएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क टुटेको छ। उनीहरुको खोजी भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म पूर्व तयारी र प्रतिकार्यमा जुटेको छ। बाढीबाट रसुवागढी क्षेत्रमा कार्यरत केही कर्मचारी, पर्यटक र सर्वसाधारण समेत सम्पर्क बाहिर रहेको सुरक्षा फौजको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)