रसुवाको बाढीप्रति नाडा गम्भीर, उद्धार–राहतमा सहकार्य गर्ने प्रतिबद्धता
ajakoartha.com · Wed Aug 26 09:31:00 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९ल्ब्क्ष्ःब्० गहिरो दुःख व्यक्त गर्दछ।
प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना तथा अन्य महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहे पनि मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने अवस्थाप्रति हामी चिन्तित छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)