विपद् व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि र पूर्वतयारीमा जोड दिन हर्कराज राईको आग्रह
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले पछिल्लो प्राकृतिक विपद्बाट गम्भीर पाठ सिकेर आगामी दिनमा विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र प्रविधिको दरिलो व्यवस्था गर्न सरकारलाई जोडदार सुझाव दिएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले अकल्पनीय प्राकृतिक विपद्का कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेकोमा गहिरो दुःख व्यक्त गरे।
भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकारले घटना घटेपछि प्रतिक्रिया जनाउने परम्परागत शैलीको अन्त्य गर्दै बलियो पूर्वतयारीमा आधारित योजना बनाउनुपर्नेमा सांसद साम्पाङले जोड दिए। भौतिक निर्माणभन्दा पनि आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न आवश्यक पर्ने साधनस्रोतकै प्रबन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि हेलिकप्टर, एम्बुलेन्स तथा अत्याधुनिक प्रविधियुक्त विपद् व्यवस्थापनका उपकरणहरू पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)