नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
ictsamachar.com

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ । कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो । यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो । कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामाग्री आदि धेरै व्यक्तिहरुमा पुर्याउनका लागि यो सेवा उपयोगी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)