पूर्वाधार निर्माणको प्रगति कमजोर
barnanmedia.com · Sun Jul 12 04:45:20 GMT 2026

चितवन कालिका नगरपालिकाको भौतिक पूर्वाधार निर्माणको प्रगति कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को नगरपालिकाको प्रगति विवरण अनुसार अधिकांश योजनाको भौतिक प्रगति सन्तोषजनक रहे पनि सडक कालोपत्रे र केही ठुला पूर्वाधार आयोजनामा लक्ष्य अनुसार काम हुन सकेको छैन ।
नगरपालिकाका इन्जिनियर किशोर खतिवडाका अनुसार १० लाख रुपियाँभन्दा माथिका २९ वटा ठेक्का सम्झौता गरिएकामध्ये सात वटा योजनाको हालसम्म कुनै पनि निर्माण पूरा हुन सकेको छैन । सडक निर्माणका लागि सम्याउने, ग्राभेल हाल्ने गरेर कालोपत्रे गर्न ठेक्का भए पनि मूल्यवृद्धिका कारण अन्तिममा काम नभएपछि प्रगति नदेखिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये चार वटा सडक निर्माणसम्बन्धी ठेक्काको म्याद आगामी आव २०८३÷८४ सम्मका लागि थप गरिएको छ भने काम नगरी कालो सूचीमा परेका निर्माण कम्पनीलाई समेत कानुनी प्रव्रिmया अनुसार थप समय दिएर काममा फर्काइएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)