टिमुरे भन्सार र बेत्रावतीमा ट्रकहरू बगे, यातायात व्यवसायी र मजदुर सम्पर्कविहीन
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भूभागबाट आएको भीषण बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुरहरू ठूलो मात्रामा प्रभावित भएको जनाएको छ।
महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका थुप्रै मालवाहक सवारीसाधनहरू बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरी राखिएका गाडीहरूमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक खबर प्राप्त भएको छ। यस विपद्का क्रममा महासंघअन्तर्गत आबद्ध केही यातायात व्यवसायी र मजदुरहरू सम्पर्कविहीन बनेका छन्। यसरी सम्पर्कमा नरहेकाहरूप्रति चिन्ता व्यक्त गर्दै महासंघले सम्बन्धित संस्था र सुरक्षा निकायको सम्पर्कमा यथाशीघ्र आउन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)