प्रतिनिधिसभा : बाढीमा परेकाहरूको युद्धस्तरमा खोजउद्धार गर्न आग्रह
barnanmedia.com · Wed Aug 26 09:36:37 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले रसुवाको भोटेकोशीबाट आएको बाढीले पारेको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धारमा सक्रिय भएर लाग्नको लागि सरकारसँग अनुरोध गर्नुभयो । उहाँले बाढीप्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाको लागि लाग्न आब्हान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)