टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
ratopati.com · Sun Jul 12 04:58:22 GMT 2026

टोरन्टो । क्यानडाको टोरन्टो सहरमा आयोजित एक सडक महोत्सवमा भएको गोलीबारीमा कम्तीमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ स्थानीय समयअनुसार करिब ८ः १२ बजे सेन्ट क्लेयर एभिन्यूमा वार्षिक साल्सा अन सेन्ट क्लेयर महोत्सव चलिरहेका बेला गोली चलेको थियो ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले गोली लागेका ६ जना फेला पारेका थिए । तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा टोरन्टो प्रहरीले महोत्सवमा रहेका दुई व्यक्तिबिच गोली हानाहान भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)