स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार आवश्यक, बोर्ड फेर्दैमा परिवर्तन हुँदैन : प्रदीप पौडेल
nepalnews.com · Sun Jul 12 05:08:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि सतही निर्णयभन्दा दीर्घकालीन योजना र प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नबन्ने उल्लेख गरेका छन्। उनका अनुसार स्वास्थ्य क्षेत्रको रूपान्तरण नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यावहारिक उपाय र दीर्घकालीन नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)