सर्लाही सिँचाइ डिभिजन प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Wed Aug 26 10:01:46 GMT 2026

काठमाडौँ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
बोरिङ र मोटर जडान कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग साढे सात लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)