ऊर्जा मन्त्री श्रेष्ठको सक्रियता : मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह प्रारम्भ
kalakarmi.com · Sun Jul 12 05:26:22 GMT 2026

भरतपुर- मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह प्रारम्भ भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिवार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह प्रारम्भ भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए । २२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत् प्रवाह प्रारम्भ भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा सहज हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)