रसुवा बाढी : उद्धार तथा पुनःस्थापनामा सहकार्य गर्ने नाइमाकाे प्रतिबद्धता
arthadabali.com · Wed Aug 26 10:31:58 GMT 2026

काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नाइमाका अनुसार बाढीबाट सडक तथा पुल, विद्युत् तथा सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनालगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)