भोटेकोशी बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख, उद्धार–राहतमा सहकार्य गर्न तयार
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले गहिरो दुःख व्यक्त गरेको छ ।
नाइमाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना तथा अन्य महत्त्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)