काठमान्डु गोर्खाजमा श्रीलंकाका अलराउन्डर सहन
annapurnapost.com · Wed Aug 26 10:32:29 GMT 2026
काठमाडौं : श्रीलंकाका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। एनपिएलको फ्रेन्चाइज टोली गोर्खाजले बुधबार आफ्नो समाजिक सञ्जालबाट तेस्रो सिजनको लागि सहनलाई अनुबन्धन गरेको जनाएको छ।
३० वर्षे सहनले श्रीलंकाबाट ५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए। सहनले श्रीलंका ‘ए’ को पनि कप्तानी गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)