महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
ratopati.com · Sun Jul 12 06:02:10 GMT 2026

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ कर्जा योजना ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सार्वजनिक गरेको छ। महिला उद्यमीहरूको वित्तीय पहुँचलाई सहज र सरल बनाउन बैंकले यो विशेष योजना सञ्चालनमा ल्याएको हो।
यस कर्जा योजना अन्तर्गत महिला उद्यमीहरूले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न वर्गीकरणमा ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार महिला उद्यमीले १५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)