बाढी पछि अनुगमनमा पूर्वाधारमन्त्री - भौतिक क्षति मात्रै २ खर्ब हाराहारी
arthasansar.com · Wed Aug 26 10:58:21 GMT 2026

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीबाट पूर्वाधारमा दुई खर्बको क्षति भएको बताएका छन् । बुधबार बिहान आएको बाढीबाट पु¥याएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले दुई खर्ब हारहारी पूर्वाधारमा क्षति भएको जानकारी दिएका हुन् ।
बाढीले पूर्वाधार धेरै क्षति पुर्याएको बताउँदै मन्त्री लम्सालले पुल र सडकालाई निर्माणमा प्राथमिकता दिएर छिटो बनाउने बताए । तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा क्षति पुर्याएको छ । बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)