जी५ को अन्तर्राष्ट्रिय लाइब्रेरीबाट पनि हटाइयो दिलजीत दोसांझको फिल्म ‘सतलुज’
kalakarmi.com · Sun Jul 12 06:00:15 GMT 2026
मुम्बई– पञ्जाबी अभिनेता तथा गायक दिलजीत दोसांझ अभिनित फिल्म ‘सतलुज’ सम्बन्धी विवाद अझै साम्य भएको छैन । ओटीटी प्लेटफर्म जी५ मा रिलिज भएको दुई दिन मै उक्त फिल्म हटाइएको थियो । भारतीय सरकारका अनुसार फिल्मका केही दृश्य देशविरुद्ध प्रयोग हुन सक्ने आशंका गरिएको छ ।
भारतमा प्रतिवन्ध लगाइएपछि पनि जी५ को अन्तर्राष्ट्रिय प्लेटफर्ममा फिल्म उपलब्ध थियो । तर अब त्यहाँबाट पनि फिल्म हटाइएको छ । फिल्मका निर्देशक हनी त्रेहानले समेत जी५को अन्तर्राष्ट्रिय लाइब्रेरीबाट फिल्म हटाइएको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)