सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन
gorkhapatraonline.com · Wed Aug 26 11:00:46 GMT 2026

रसुवामा बुधबार बिहानै बाढी आउँदा सप्तरीको एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका वडा नम्बर ८ काचनटोलका ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव बिहानैदेखि सम्पर्कविहीन भएका हुन् ।
त्यहाँस्थित हाइड्रोपावरमा देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरको रूपमा काम गर्दै आउनुभएको उहाँका बुवा लालबहादुर यादवले जानकारी दिनुभयो । रसुवामा बिहान बाढी आएपछि तिनै छोरा सम्पर्कविहीन भएको र उहाँको खोज तथा उद्धार गरिदिन बुवा लालबहादुरले आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)