सभापति लामिछानेले भने– बाढी पहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउनु पर्छ
barnanmedia.com · Wed Aug 26 11:01:47 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य लगाउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सभापति लामिछानेले यो कठिन घडीमा सरकार र आफ्नो पार्टी पीडितहरूको साथमा रहेको प्रतिबद्धता जनाएका हुन् । त्रिशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । उनले बाढी र पहिरोको जानकारी प्राप्त भए लगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)