राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
nepalnews.com · Wed Aug 26 11:06:54 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवालगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार केन्द्रित रहेको बताएका छन्। विपद्को पछिल्लो अवस्थाबारे सरकारका तर्फबाट सदनलाई जानकारी गराउँदै उनले राहत परिचालन गर्न सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिरहेको बताए।
प्रतिनिधिसभाको आजको बैठकमा उनले रसुवा त्रिशूलीलगायत प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरी तर्फका ९ जना र नेपाल सेनाकासहित ४४ जना सम्पर्कविहीन रहेको अवस्था छ। उनका अनुसार रसुवागढी भन्सार, अध्यागमन कार्यलगायत केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहेको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)