बाढीको वितण्डा: चीनबाट ल्याइएका ३०० बढी ईभी बगे
techpana.com · Wed Aug 26 11:08:38 GMT 2026

काठमाडौं । चीनबाट नेपालतर्फ ल्याइँदै गरिएका ३०० भन्दा बढी विद्युतीय गाडी (ईभी) रसुवाको टिमुरेमा आएको आकस्मिक बाढीमा बगेका छन् । बुधबार बिहान आएको बाढीले रसुवा भन्सार यार्ड ध्वस्त पार्दा त्यहाँ जाँचपासको पर्खाइमा रहेका ठुलो सङ्ख्याका सवारी बगाएको हो ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार यार्डमा पार्क गरिएका र नाका क्षेत्रमा रहेका गरी ३०० भन्दा बढी सङ्ख्यामा गाडी बाढीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)